IME Life New

विशाल ग्रुपले नेपाल पुनर्बीमाकाे संस्थापक शेयर बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । व्यापारिक समूह विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीमा रहेकाे संस्थापक शेयर बिक्री गर्न प्रस्ताव गरेकाे छ। विशाल ग्रुपले १० लाख कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनत्तम ३३५ रूपैयाँका दरले बिक्री गर्न प्रस्ताव गरेकाे हाे ।

नेपाल पुनर्बीमा कम्पनीले प्रकाशन गरेकाे सूचना अनुसार बीमककाे संस्थापक शेयर काराेबार खरिद बिक्री सम्बन्धी निर्देशिका २०७७ काे दफा ११ काे उपदफा १ बमाेजिम विद्यमान संस्थापक शेयरधनीलाई बाेलकबाेलकाे आधारमा बिक्री गरिनेछ। पुनर्बीमा कम्पनीले इच्छुक स‌ंस्थापकलाई ३५ दिनभित्र आफूले खरिद गर्ने कित्ताकाे अ‌ंक र रकम खुलाएर आवेदन पेश गर्न अनुराेध गरेकाे छ।

Esewa
Crest

नेपाल सरकार पछि नेपाल पुनर्बीमामा विशाल ग्रुपसँग ३ प्रतिशतकाे हाराहारी स‌ंस्थापक शेयर स्वामित्व रहेकाे छ।आर्थिक वर्ष २०७८।७९ काे बाेनश शेयर वितरण गर्नु अघि नेपाल पुनर्बीमा कम्पनीमा ३६ लाख ९८ हजार ६५४ कित्ता शेयर विशाल ग्रुपकाे स्वामित्वमा रहेकाे थियाे । त्यस वर्षकाे मुनाफाबाट पुनर्बीमाले ४‍.७५ प्रतिशत बाेनश शेयर वितरण गरेकाे थियाे ।

प्रस्तावित शेयर कित्ताका लागी ताेकेकाे न्यूनत्तम मूल्यमा शेयर बिक्री भएकाे अवस्थामा विशाल ग्रुपले ३३ कराेड ५० लाख रुपैयाँ नगदकाे जाेहाे गर्न सक्नेछ।

 

विशाल ग्रुपले आफ्नाे कम्पनीकाे प्राेफाइलबाट केयर रेटिङ्सनेपालमा भएकाे लगानी सम्बन्धी विववरण एक साता अघि मात्र हटाएकाे छ। केयर रेटिङ्स नेपालमा विशाल समूहको १० प्रतिशत, समूहका निर्देशक अर्पित अग्रवालको नौ प्रतिशत शेयर स्वामित्व छ। यस बाहेक विशाल समूह सम्बद्ध इमर्जिङ नेपाललगायत मार्फत् पनि घुमाउराे तरिकाबाट विशाल समूहकाे थप शेयर लगानी छ।

स्वार्थ बाझिने गरी घाेराही सिमेन्टलगायतका आफ्नाे स्वामित्वमा रहेकाे कम्पनीहरुकाे क्रेडिट रेटिङ गराएपछि धिताेपत्र बाेर्डले छानबिन गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS