IME Life New

विभिन्न कलेजका विद्यार्थीहरुलाई सन सेक्युरिटिजले दियो शेयर बजार सम्बन्धी तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले काठमाडौंका विभिन्न कलेजका विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रा.लि.ले ग्लोबल कलेज र एपोलो कलेजका विविए तहका विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धी तालिम प्रदान गरेको हो । तालिम कार्यक्रममा ग्लोबल कलेजका विविए तहका करिब १५० र एपोलो कलेजका ५० जना विविएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा नेपालको शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु, व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम प्रदान गर्नुका साथै विद्यार्थीहरुसँग भएका शेयर बजार सँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

Esewa
Crest

तालिम कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट सुशिल भट्टराई र सैयम बज्राचार्यले तालिम प्रदान गरेका थिए भने यसको संयोजन सन सेक्युरिटिजका सैयम बज्राचार्यले गरेका थिए ।

तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै प्रशिक्षक शुशिल भट्टराईले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.ले आफ्नै कार्यालयमा विहान ११ बजे देखि १ बजेसम्म आधारभूत शेयर तालिम कार्यक्रम र दिउँसो २ बजे ४ बजेसम्म बेसिक प्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS