काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले कर्जा विभागका लागि कनिष्ठ अधिकृत,सुपरभाईजरका लागि एक जना र सुपरभाईजर सूचना प्रविधि विभागका लागि एक जना, शाखा प्रबन्धक, सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केहि सख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति फागुन २२ गतेले १५ दिन भित्र आवेदन दिन दिनुपर्नेछ ।