IME Life New

विद्युत बिक्रीको आम्दानी घट्दा चिलिमे जलविद्युतको नाफा प्रभावित, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३५ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ५.५१ प्रतिशतको संकुचन आएको छ।

दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६२ करोड ४८ लाख रुपैयाँ थियो। विद्युत बिक्रीको आम्दानी पनि २.०६ प्रतिशतले घटेको छ।

Esewa
Crest

चुक्तापुँजी ७ अर्ब ९८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङको आकार १५.४९ प्रतिशतले घटेर २ अर्ब ५३ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ३ अर्ब ४० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १०.७४ रुपैयाँ थियो। पीई रेसियो ५५.२० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.८० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS