IME Life New

विद्युत बिक्रीको आम्दानी बढे पनि विन्ध्यावासिनी हाइड्रोपावरको नाफामा करिब २२% को संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमासमा कम्पनीले ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ११ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा २१.९४ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५३.०३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले १६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर २४ करोड ७३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको अन्य आम्दानी भनेर घटेर २५ लाख २९ हजार रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड १० लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको शेयरहोल्डर फन्डमा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष शेयरहोल्डर फन्डमा १ अर्ब २४ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) ८.३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११६.८४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS