IME Life New

वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो आरएसडीसी लघुवित्त, कस्तो छ रिपोर्ट ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण सार्वजनिक पहिलो कम्पनी बनेको छ। संस्थाले आज आफ्नो अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार आव २०८०।८१ मा संस्थाले १४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७९।८० मा संस्थाले १० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा ३६.४७ प्रतिशतले बढेको छ।

Crest

समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा २० करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन मुनाफा १५ करोड ५० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३५.१२ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी भने १५.२२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको समीक्षा अवधिमा घटेर २४ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.३१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले इम्पेयरमेन्ट चार्जका रुपमा ६५ लाख ६६ हजार रुपैयाँ छुट्याएको छ।

चुक्तापुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा १६ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १२ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा वर्षमा संस्थाले ५ अर्ब ३५ करोड रुपैयाँ सपाटी लिई ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ५ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.५३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.३६ रुपैयाँ थियो। पीई रेसियो ४४.५६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२४.५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS