IME Life New

वायुसेवा निगमद्वारा जहाज खरिदबापतको रु. ५३ करोड बढी ऋण भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल वायु निगमले चैतसम्मको जहाजको रु. ५३ करोड बढी ऋण भुक्तानी गरेको छ। अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये निगमले दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी जम्मा ५३ करोड ९ लाख ५५हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्रसम्मको अवधिमा ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ। साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिनसमेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको निगमले जनाएको छ।

Esewa
Crest

निगमका अनुसार त्यस सम्बन्धमा छलफलसमेत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS