IME Life New

वाणिज्य बैंकमध्ये ३ वटाको लाभांश घोषणा हुन बाँकी, ११ वटाले दिने निर्णय गर्दा ५ वटाले बनाए लगानीकर्तालाई निराश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै ३ वटाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गर्न बाँकी रहेको छ। अहिलेसम्म ११ वटाले लाभांश घोषणा गरिसकेका छन् भने ५ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश घोषणा गरिसकेका छन्। यी ११ वटामध्ये नबिल, स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ सिटिजन्सले नगद लाभांशमात्रै घोषणा गरेका छन् भने बाँकी ७ वटा बोनस शेयर पनि घोषणा गरेका छन्।

Esewa
Crest

उक्त आर्थिक वर्षका लागि सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश रहेको छ। सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सिद्धार्थ बैंक रहेको छ। यो बैंकले ४.२१ प्रतिशत नगद लाभांशमात्रै घोषणा गरेको छ।

लाभांश नबाँड्ने निर्णय गर्ने वाणिज्य बैंकहरुमा प्राइम, हिमालयन, एनएमबि, कुमारी र नेपाल बैंक रहेका छन्। लाभांश घोषणा गर्न बाँकी बैंकमा प्रभु, नेपाल इन्भेस्टमेन्ट र कृषि विकास बैंक छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS