IME Life New

वाइडबडी विमान खरिद प्रकरणः पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्टाचार मुद्दामा अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन्। कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन्।

Esewa
Crest

अन्य प्रतिवदीमा पूर्वअर्थसचिव शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, तत्कालीन निगम सञ्चालक समितिका सदस्यहरु टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र जीवन सिटौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य अच्युतराज पहाडीलगायत छन्। अख्तियारले वाइडबडी खरिदमा प्रतिवादीहरुले १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ।

यसअघि २०७५ सालमा सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले बुझाएको प्रतिवेदनमा दुइटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS