IME Life New

वर्ष २०८० मा कुन सेक्टरका शेयरधनी मालामाल ? कुन सेक्टरका निराश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८० शेयर बजारका लागि स्थिरजस्तै रह्यो। यो एक वर्षको अवधिमा नेप्से परिसूचक ९०.८३ अंक अर्थात ४.७० प्रतिशत वृद्धि भएर २०२५.३० को विन्दुमा बन्द भएको छ। वर्ष २०७९ मा नेप्से परिसूचक १९३४.४७ विन्दुमा बन्द भएको थियो।

नेप्सेमा कारोबार हुने १३ समूहगत परिसूचकमध्ये ११ समूहगत परिसूचक यो वर्ष बढेका छन्। हाइड्रोपावर र वाणिज्य बैंकको परिसूचक मात्र यो वर्ष घटेको देखिन्छ। हाइड्रोपावरको सूचक सामान्य १.७२ प्रतिशतले घट्दा वाणिज्य बैंकको परिसूचक भने १५.५९ प्रतिशतले घटेको छ।

Esewa
Crest

वृद्धि हुने ११ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटनको परिसूचक यो वर्ष सर्वाधिक वृद्धि भएको छ। होटल तथा पर्यटनको परिसूचक ५३.०२ प्रतिशतले वृद्धि भएको छ। २०७९ चैत महिनामा ३३४४.६० को विन्दुमा बन्द भएको यस समूहको परिसूचक २०८० चैतमा ५११७.९७ विन्दुमा भन्द भएको छ।

त्यस्तै दोस्रोमा उत्पादन तथा प्रसोधन समूहको परिसूचक ४९.४९ प्रतिशतले वृद्धि भएको छ।

बढ्ने सूचक सबै नेप्सेभन्दा धेरै बढे

यो वर्ष वृद्धि भएका ११ समूहगत परिसूचक सबै नेप्से परिसूचकभन्दा धेरैले वृद्धि भएका छन्। सबैभन्दा थोरै वृद्धि भएको जीवन बीमा समूहको परिसूचक ६.०७ प्रतिशतले वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS