IME Life New

वर्ष २०२४ को अन्त्यसम्म सुनको भाउ प्रतिऔंस ३००० डलर पुग्न सक्ने, नेपालमा कति पुग्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्न थालेपछि मूल्य पनि बढेको हो ।  नेपाल र भारतको कुरा गर्ने हो सुनको भाउ अल टाइम हाईमा रहेको छ। सुनको भाउ अझै बढ्न सक्ने सुन व्यवसायीहरु नै बताउँछन्।

सुनको भाउ बढे पनि बजारमा माग भने कम रहेको छ। ‘बजारमा सुनको भाग कम तर अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकोले यहाँ पनि बढेको हो’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए।

Esewa
Crest

अहिले बैंकले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था रहेको छ। ‘बजारबाट भने १० किलोको हाराहारीमा मात्रै सुन बिक्री छ’, अध्यक्ष शाक्यले भने, ‘बैंकमा सुन थुप्रिएको छ।’

बिहेको सिजन सकिएकोले पनि सुनको माग घटेको हुन सक्ने शाक्यको भनाइ छ। ‘सुनको माग घट्नुको अर्को कारण मूल्य बढ्नु पनि हुन सक्छ’, उनले भने।

अध्यक्ष शाक्यले माग घटे पनि सुनको भने बढ्न सक्ने बताए। ‘किनकि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्छ’, उनले भने।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १७८ डलरमा कारोबार भइरहेको छ। ‘आउँदो डिसेम्बर सुनको भाउ प्रतिऔंस ३ हजार डलर पुग्ने अन्तर्राष्ट्रिय आर्थिक विज्ञ र विश्लेषकहरुले अनुमान गरेका छन्’, उनले भने।

सुन प्रतिऔँस ३ हजार डलर पुग्यो भने नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँसम्म पुग्न सक्छ। १ औंसबराबर २.४३ तोला हुन्छ। सुन आयात गर्दा लाग्ने जोड्दा प्रतितोला १ लाख ६५ हजार रुपैयाँसम्म पुग्ने अनुमान सुन व्यवसायीहरुको छ।

नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १ लाख २६ हजार रुपैयाँ रहेको छ। ‘वैशाखसम्म सुनको भाउ १ लाख ४० हजार रुपैयाँमाथि पुग्न अनुमान छ’, एक सुन व्यवसायीले भने।

किन बढिरहेको सुनको भाउ ?

अध्यक्ष शाक्यका अनुसार अहिले विभिन्न देशका रिजर्भ बैंकहरुले सुन किनेका कारण सुनको भाउ बढेको हो। ‘अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको ठूला क्रेता भनेको विभिन्न देशको रिजर्भ बैंकहरु नै हो’, उनले भने, ‘उनीहरुले सुन होल्डि बढाउँदै लगेको छन्। यो उनीहरुको बाध्यता र आवश्यक पनि हो।’

अहिले विदेशी बैंकहरुलाई नियमन गर्ने स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय निकायले बैंकहरुले नोट निकाल्दा क्लियर वान एसेस्टका रुपमा सुन राख्नुपर्ने प्रावधान राखेको छ’, उनले भने, ‘क्लियर वान एसेस्टका रुपमा अमेरिकी डलर र बन्ड राख्नुपर्ने व्यवस्था थियो। सुन क्लियर थ्री एसेस्टका रुपमा थियो। तर, उक्त निकायले नयाँ नोट निष्कासन गर्दा अनिवार्य रुपमा सुन राख्नुपर्ने निर्देशन दिएको छ। अर्थात सुनलाई क्लियर वान एसेस्टमा राखेको छ। सोही कारणले बैंकहरुले सुनको होल्डिङ बढाएका छन्।’

अहिले अमेरिकी डलरको क्रेडिबिलिटी घट्दै गएकोले सुनलाई क्लियर वानको सूचीमा राख्न उक्त निकायले विदेशी बैंकहरुलाई निर्देशन दिएको अध्यक्ष शाक्यले बताए। ‘यही निर्देशनको पालाना गर्दै विश्वभरका बैंकहरुले सुनको होल्डिङ बढाउँदा मूल्य पनि उकालो लागेको हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS