IME Life New

लिवर्टी इनर्जीको ३७ करोड ५० लाख रुपैयाँको आईपीओ आउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लिवर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि १५ करोड रुपैयाँ र सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउन लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको उक्त सेयर पहिला स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता निष्कासन हुनेछ । त्यसपछि फेरि सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता खुला गरिनेछ ।

Crest

आइपीओ जारी गर्न कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आइपीओ जारी गर्न लिबर्टी इनर्जी र एनआइबीएल एस क्यापिटलबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे र क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । हाल यस कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको छ ।
यही पुँजीको १० प्रतिशतका दरले हुने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानीय बासिन्दालाई र थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS