IME Life New

लिबर्टी माइक्रो लाइफको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ५ सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।

सभाले कम्पनी ऐनमा रहेको कम्पनीको प्रकृतिअनुरुपको थप व्यवस्थामा तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट संशोधन, फेरबदल वा थपघट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

Crest

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना शेयरधनीहरु निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले कम्पनी ऐन २०६३ मा व्यवस्था भए अनुसार आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक नियुक्त गरेको छ ।

सभाले चालु आथिक वर्ष २०८०/८० का लागि सञ्चालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक सभाले अनुमोदन गरेको छ ।

प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS