IME Life New

लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, यस्ता छन् अन्य प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते मंगलबार २९औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजु शुरु हुने जनाएको छ ।

सभाले प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानका प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यसैगरी सभा मार्फत नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS