IME Life New

लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढ्यो, खुद मुनाफा ११ करोड ५६ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन २४ प्रतिशत भन्दा धेरैले सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार ९ अर्ब ६१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। त्यस्तै कुल बीमा शुल्क आर्जन ९ अर्ब ५६ करोड रुपैयाँ छ।

कम्पनीको जीवन बीमा कोष पनि २१ प्रतिशतले बढेर ७४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।  गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६१ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

कम्पनी दोस्रो त्रैमाशिक अवधिमा खुद मुनाफा ५० प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीले पुस मसान्तसम्ममा ११ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो। विभिन्न क्षेत्रमा गरेको लगानीबाट कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ।

अभिकर्ताले बीमा पोलिसी बिक्री गरेबापत एक अर्ब एक करोड रुपैयाँ कमिसन प्राप्त गरेका छन्। अभिकर्ताले गत वर्षको यहि अवधिमा ८१ करोड ३९ लाख रुपैयाँ बुझेका थिए। कम्पनीको पोलिसी संख्या भने ५.९४ प्रतिशतले घटेको छ। कम्पनीले हाले ७ लाख ६ हजार वटा पोलिसी संख्या बिक्री गरेको छ। चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ छ। जगेडा कोषमा ६३ करोड ४० लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS