IME Life New

लस एन्जलसमा डढेलोको कहर: दक्षिण कोरियाली बीमकले ६ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको लस एन्जलसमा लागेको डढेलोले ध्वस्त भौतिक संरचनाको दक्षिण कोरियाली बीमा कम्पनीले करिब ६ करोड १८ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

कोरिया हेराल्डका अनुसार दक्षिण कोरियाको डीबी इन्स्योरेन्स र कोरियन रिले उक्त रकम क्षतिपूर्तिबापत तिर्नुपर्ने भएको छ। डीबी इन्स्योरेन्सले मात्रै लस एन्जलसको डढेलोबाट क्षतिमा साढे ३ करोडदेखि ४ करोड २० लाख डलरसम्मको दायित्व व्यहोर्नुपर्ने देखिएको कोरिया हेराल्डले जनाएको छ।

Crest

डीबी इन्स्योरेन्सले डढेलो प्रभावित क्षेत्रमा ३४ वटा घर र ३ वटा साना व्यवसायको बीमा गरेको छ।

उता कोरिया रिले पनि डढेलो प्रभावित क्षेत्रमा भएको क्षतिको १ करोडदेखि २ करोड १० लाख डलरसम्म क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।

लस एन्जलसमा सञ्चालित दक्षिण कोरियाली बीमा कम्पनी हुन्डाई मारिन एन्ड फायर इन्स्योरेन्स र सामसङ फायर एन्ड मारिन इन्स्योरेन्सले भने हालसम्म डढेलो पुगेको क्षतिमा बीमा दाबी नपरेको जनाएका छन्। डढेलोले लस एन्जलसमा १२ हजारभन्दा बढी घर र संरचना ध्वस्त भएका छन्।

आउँदो सातासम्म त्यहाँ क्षेत्रमा भएको क्षतिको वास्तविक विवरण आउन सक्ने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS