IME Life New

लघु जीवन बीमकले विभिन्न क्षेत्रमा गरे १ अर्ब ७५ करोड लगानी , कुन क्षेत्रमा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा १ अर्ब ७४ करोड रुपैयाँ बढी लगानी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको लघु जीवन बीमकको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै लगानी गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ६३ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ५८ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । लिबर्टी माइक्रो लाइफको लगानी पनि ५२ करोड ८१ लाख रुपैयाँ रहेको छ।

Crest

लघु बीमकहरुले सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ। यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, ख वर्गका बैंकहरुमा ६ करोड २५ लाख रुपैयाँ मुद्दतिमा राखेका छन् ।

यसैगरी सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ७ करोड ३१ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ९९ लाख ६५ हजार रुपैयाँ र नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ७१ लाख ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS