IME Life New

लघुवित्त क्षेत्रमा पनि भित्रियो प्रविधि, नेशनल माइक्रोफाइनान्सले शुरु गर्यो माबाइल र एसएमएस बैंकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल माइक्रोफाइनान्सले माबाइल बैंकिङ र एसएमएस बैंकिङको शुरुवात गरेको छ । माइक्रोफाइनान्स पाचौँ वर्ष पुरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।

मोवाइल बैकिङ सेवाको शुरुवात संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा ५ सय जम्मा गरि गरेका हुन् । संस्थाको मोवाइल बैकिङ सेवाबाट युटिलिटी पेमेन्ट, मोवाइल रिचार्ज तथा रकम ट्रान्सफरको साथै अन्य सेवा प्राप्त गर्न सकिनेछ ।

Esewa
Crest

त्यस्तै, एसएमएस. बैंकिङबाट सदस्यहरुले आफ्नो बचत तथा कर्जाको कारोबारको विवरण र अन्य सुचना एसएमएस. मार्फत जानकारी प्राप्त गर्नेछन् ।

पाचौँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले धादिङको आमाको माया छात्रवासका २५ अनाथ बालबालिका लाई सहयोग समेत गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री छात्रवासका अध्यक्ष डा. नविनवन्धु पहाडीलाई हस्तान्तरण गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा संस्थाका देशैभरी रहेका शाखा कार्यालयहरुले आआफ्नो क्षेत्रमा सरसफाई, वित्तीय साक्षरता, बृद्धवृद्धालाई सहयोग एवम् अस्पतालका विरामीलाई फलफुल वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS