IME Life New

लक्ष्मी सनराइज बैंकको नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो ।

प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन (1 ton CO2e Emission) उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्वपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो।

Crest

एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको हाइलाईट
विजेतास् आत्माराम सिम्खडा ४३ अंक
उपविजेतास् आशिष लाल श्रेष्ठ ४२ अंक
उत्कृष्ट ग्रसस् टाशी छिरिङ ३८ अंक
वरिष्ठ श्रेणी विजेतास् तुलसी भट्ट ४० अंक
महिला विजेतास् तारा कार्की चित्रकार ३५ अंक
महिला उपविजेताः सुमित्रा खड्का ३० अंक
सबैभन्दा लामो ड्राइभः नोर्बु छिरिङ शेर्पा
पिनको नजिकः अनिल कुमार सिन्हा

विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।

यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ। कार्बन फुटप्रिन्ट न्युनिकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई #OrangeLovesGreen अभियानसँग एकिकृत गरीरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।

लक्ष्मी सनराइज बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरुले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS