IME Life New

रेडक्रसको कानुनी र व्यवस्थापकीय सुधार छिटो हुनुपर्छ : गृहमन्त्री थापा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

गृह मन्त्री राम बहादुर थापा “बादल” ले नेपालमा रेडक्रसको कानुनी आधार सुदृढीकरणको लागि छिटो गृहकार्य सक्न नेपाल रेडक्रस सोसाइटीलाई परामर्श दिएको छ ।नेपाल रेडक्रसको नवगठित तदर्थ केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुसँग सिंहदरबारमा शुक्रबारको भेटमा गृहमन्त्री थापाले –“नेपाल रेडक्रसलाई कानुनी हिसाबले मिलाउने र व्यवस्थित गर्ने कुरा नेपाल सरकारको प्राथमिकतामा छ ।”

सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष डा. विश्व केशर मास्केले कानुनी आधार बलियो बनाउन मस्यौदाको लागि काम सुरु गरिसकेको जानकारी दिए । रेडक्रसमा लामो अनुभव भएका व्यक्तिहरु बर्तमान नेतृत्वमा रहेकाले छिटो छरितो कार्य हुने कुरामा गृहमन्त्री थापा आशाबादी देखीएको छ ।

Crest

नेरेसोको टोलीले शुक्रबार नै गृह सचिव प्रेम कुमार राईसँग छुट्टै भेट गरेको थियो । सो भेटमा तीन महिना अगावै कानुनको मस्यौदाको काम सक्न नेरेसोका अध्यक्ष डा.मास्केको नेतृत्वको टोलीलाई आग्रह गरेका छन् । राइले : “रेडक्रस जस्तो सँस्थालाई व्यवस्थित गर्न कुरेर बस्ने अवस्था छैन् । नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ । तर समयरेखा अनुसार गर्नुपर्ने काममा ढीलाई नहुने व्यवस्था मिलाउनु महत्वपूर्ण छ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS