IME Life New

रु. १ अर्बको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै सरकार, ब्याजदर ९%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वैशाख २३ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सर्वाजनिक ऋण व्यवस्थापन कार्यालयले पाँचवर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २२ गतेसम्म बिक्री गर्ने जनाएका छन्।

कार्यालयले १ अर्ब रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने जनाएको छ। यस बचतपत्र खरिदकर्तालाई ६–६ महिनामा ब्याज भुक्तानी गरिनेछ। सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कार्यालयले जनाएको छ।

Esewa
Crest

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन्। यस बचतपत्रको निष्कासन २०८१ जेठ २९ गते हुनेछ भने यसको साँवा–भुक्तानी २०८६ जेठ २९ गते हुनेछ।

यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था गरेको छ। इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका अतिरिक्त कार्यालयको वेबसाइटबाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाइन फाराम भर्न सकिने छ।

savingbond

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS