IME Life New

रु. १५ करोडको आइपीओ ल्याउँदै बूढानीलकण्ठ हेरिटेज, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बूढानीलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आइपीओ ल्याउने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको हो। जसअनुसार कम्पनीले रु. १०० दरका कुल १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ।

बूढानीलकण्ड हेरिजेटले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। बूढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बूढानीलकण्ठ हेरिटेजका तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

वि.सं. २०७५ सालमा प्रालिका रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीका रुपमा परिणत भएको बूढानीलकण्ठ हेरिटेजको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बूढानीलकण्ठ नगरपालिका–१ मा रहेको छ। संस्थापकहरुको रु. ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्कासनपश्चात चुक्तापुँजी रु. १ अर्ब पुग्नेछ।

अन्र्तराष्ट्रिय चेन होटेलअन्तर्गत लेमन ट्री प्रिमियरको ब्रान्डबाट सञ्चालन गरी ग्राहकलाई गुणस्तरीय सेवाप्रदानगर्ने उद्देश्यले कम्पनीले बूढानीलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ। आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड लेमन ट्री होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्री ब्रान्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्।

लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरीय, अपर–मिडस्केल, मिडस्केल र इकोनोमी सेगमेन्टहरुमा काम गर्दछ। यस ग्रुपले आफ्ना पाहुनाको आवश्यकतालाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियरलगायत विभिन्न ७ वटा ब्रान्डसमेत सञ्चालनमा ल्याएकोे छ। लेमन ट्री होटल्सले नेपालमा पहिलो होटलको रुपमा ‘लेमन ट्री प्रिमियर बूढानीलकण्ठ’ काठमाडौंको फ्रेन्चाइज तथा म्यान्चाइजको जिम्मा लिइसकेको छ। यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातिप्राप्त व्यक्तिहरुको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS