IME Life New

रिलायबल नेपाल लाइफ र सांग्रिला डेभलपमेन्ट बैंक बीच बैंकान्सुरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको छ  । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट लेखा प्रमुख तेज बहादुर ठकुल्ला तथा इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले हस्ताक्षर गरेका छन्  ।


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मार्फत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै बैंकको ५४ वटै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न १२ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

Esewa
Crest

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्तिम सम्म ४२ करोड ७७ लाख पहिलो बीमा शुल्क संकलन गरि नयाँ संचालनमा आएका जिबन बीमा कम्पनीहरु मध्ये तेश्रो प्रतिस्पर्धी कम्पनी बन्न सफल भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स देशका लब्धप्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS