IME Life New

रिलायबल नेपाल लाइफले ५१.७०%ले बढायो नाफा, जीवन बीमा कोष साढे ११ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५१.७० प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १९ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १६ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७४ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३५.७९ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.४१ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २६.५९ प्रतिशतले बढेको छ।

शेयरपुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.५५ रुपैयाँ थियो। पीई रेसियो ३३.७० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.६६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS