IME Life New

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आइपीओ रोक्का राखेको छ।

नेपाल धितोपत्र बोर्डले बुधबार आइपीओ रोक्न निर्देशन दिएसँगै कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आइपीओ रोक्का राखिएको जानकारी गराएको हो। यो कम्पनीको आइपीओ आज (असार २६ गते)बाट वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री खुला गरिने भनिएको थियो।

Esewa
Crest

कम्पनीको वित्तीय स्वास्थ्यमा लफडै–लफडा देखिएपछि आमसर्वसाधारणदेखि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिसम्म कुरा उठेको थियो। गत मंगलबार लेखा समितिले धितोपत्र बोर्डलाई पत्र पठाउँदै वित्तीय अवस्थामा कैफियत देखिएको रिलायन्स स्पिनिङलाई बुक बिल्डिङ विधिमार्फत आइपीओ अनुमति दिनुको कारणबारे प्रस्ट जबाफ पठाउन ७ दिनको समयसीमा दिएको छ।

यसैबीच धितोपत्र बोर्डको बुधबार बसेको बैठकले रिलायन्स स्पिनिङको आइपीओ रोक्ने निर्णय गरेको थियो र सोहीबमोजिम आइपीओ रोक्न रिलायन्स स्पिनिङ र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई पत्र पठाएको थियो। कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राखिएको जनाएको छ।

रिलायन्स स्पिनिङले आज असार २७ गतेबाट सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्ने तयारी गरेको थियो। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको छ। कम्पनी योग्य संस्थागत लगानीकर्तालाई भने शेयर बिक्री गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS