IME Life New

रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

Esewa
Crest

कम्पनीले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गर्नेछ। बोलकबोलका कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ।

योग्य संस्थागत लगानीकर्ताले सोही प्राइन्स रेन्जभित्र रहेर बोलपत्र पेस गर्नुपर्नेछ। माघ १५ गते योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खुलेर कटअफ प्राइस निकालिनेछ। सोही कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्नेछ।

केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीसँग समयमै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS