IME Life New

रिलायन्स लाईफ इन्स्योरेन्सद्धारा एजेन्सी म्यानेजरहरुलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नयाँ तथा पुराना २२ जना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको शाखा कार्यालयले जनाएको छ ।साथै सिनियर एजेन्सी म्यानेजरको रुपमा दिपेन्द्र खत्रीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुंगानाले देशभरमा बागलुङ शाखा गोल्ड स्टान्यर्ड पर्फमरको रुपमा छनौट गराउन सफल भएको भन्दै बागलुङ शाखाका प्रमुख मिना जिसी कंडेल र कर्मचारी कोपिला काउचालाई सम्मान गरेका हुन् ।

Esewa
Crest

सो कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख ढुङगानाले अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताउंदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउँदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए ।

इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुङगाना, म्याग्दी शाखा प्रमुख मुत्ति पौडेल ,कुश्मा शाखा प्रमुख प्रशन्न शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS