IME Life New

राष्ट्र बैंकले ल्यायो हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन नयाँ व्यवस्था (दस्तावेजसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नयाँ नीतिगत एवं प्रक्रिया व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले आज हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रिया व्यवस्था, २०८० जारी गरेको हो। यस किसिमको स्वीकृतिका लागि राष्ट्र बैंकले विभिन्न मापदण्ड तोकेको छ।

हायर पर्चेज कर्जा दिने कम्पनी सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारका साथै राष्ट्र बैंकले अन्य केही मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

Esewa
Crest

यस्ता छन् मापदण्ड

  • हायर पर्चेज कर्जा दिन स्वीकृति दिँदा सो कारोबार स्वस्थ, प्रतिस्पर्धात्मक र प्रभावकारी रुपमा हुन्छ भन्ने लागेमा,
  • प्रचलित कानुन र सो अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीका अधीनमा रही हायर पर्चेज कर्जा दिन सक्षम छ भन्ने लागेमा
  • स्वीकृतिको लागि दिएको निवेदनसाथ संलग्न विवरण तथा कागजात अनुसार कम्पनी हायर पर्चेज कर्जा दिन सक्षम छ भनी विश्वास गर्ने पर्याप्त आधार भएमा।
  • कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोबार सुरु गरिसक्नुपर्नेछ। अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुनेछ।

यी अवस्थामा हायर पर्चेज कर्जा दिने स्वीकृति नदिन सकिने

  • बैंक वा वित्तीय क्षेत्रको विद्यमान अवस्था र सम्भाव्यताको आधारमा त्यस्तो कम्पनीलाई स्वीकृति दिन उपयुक्त हुने नदेखिएमा।
  • हायर पर्चेज कम्पनीको उपस्थिति बढी भएको क्षेत्रमा कम्पनी स्थापनाका लागि नयाँ निवेदन आएमा सो अस्वीकार गर्न सकिनेछ।
  • हायर पर्चेज कर्जा दिन निवेदनसाथ पेश गरिएका विवरणहरु पर्याप्त वा विश्वसनिय नदेखिएमा।

कुनै कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन नसकिने अवस्था भएमा नेपाल राष्ट्र बैंकले सोको कारण खुलाई निवेदन परेको मिति वा थप विवरण माग गरेको भए त्यस्तो विवरण प्राप्त भएको मितिले एक सय बीस दिन भित्र सम्बन्धित कम्पनीलाई सूचना दिनुपर्नेछ।

PUBLISH

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS