IME Life New

राष्ट्र बैंकको बोर्ड बैठक सुरु, मौद्रिक नीति ल्याउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक सुरु भएको छ।

बिहान ८ बजेबाट राष्ट्र बैंकको बोर्ड बैठक सुरु भएको छ। ‘बैठकको मुख्य अजेन्डा नै मौद्रिक नीति रहेको छ’, राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले भने, ‘बैठकले मौद्रिक नीति पारित गर्नेबित्तिक सार्वजनिक हुन्छ।’

Crest

मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकले दिउँसो पत्रकार सम्मेलन बोलाउने कुरा भइरहेको पनि आचार्यले बताए। ‘समय फिस्क्ड भइसकेको छैन’, उनले भने।

यसअघि गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको थियो। तर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले चासो दिएपछि मौद्रिक नीति रोकिएको स्रोत बताउँछ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर लगानीकर्ताहरुले मुख्यगरी शेयर लोनको क्याप हटाउनुपर्ने र जोखिम भार १०० मा झार्नुपर्ने सुझाव दिएका थिए। तर, शेयर लोनमा लगाइएको क्याप अहिले नहट्ने स्रोत बताउँछ। ‘बरु सीमा बढ्न सक्छ’, स्रोतले भन्यो, ‘जोखिम भार भने १०० प्रतिशतमा घट्न सक्छ।’

हाल शेयर लोनको सीमा व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ रहेको छ भने ५० लाख रुपैयाँभन्दा माथिको शेयर लोनमा जोखिम भार १२५ प्रतिशत रहेको छ।

मौद्रिक नीतिमा अन्य उद्योगी–व्यवसायीले राखेका मागलाई सम्बोधन गर्ने गरी लचिलो व्यवस्था आउन सक्ने पनि राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। ‘उद्योगधन्दा सुस्त बनेको छ, कर्जाको माग बढ्न सकेको छैन’, ती अधिकारीले भने, ‘अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति आउन सक्छ।’

मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरुका लागि स्प्रेड दर निर्धारण हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS