IME Life New

राष्ट्र उत्थान लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, २४ लाख ९९ हजारको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थापन लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले लाजिम्पाटमा सम्पन्न गरेको बाँडफाँडबाट भाग्यमानी ७९ हजार ४५० जनाले आइपिओ प्राप्त गरेका छन् ।

संस्थाले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीको प्राथमिक शेयरका लागि २५ लाख ८५ हजार २६१ जनाले २ करोड ९४ लाख कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये २५ लाख ७९ हजारको आवेदन मात्रै योग्य रहेको छ ।

Esewa
Crest

संस्थाले सर्वसाधारण समुह तर्फको ८ लाख ५० हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता आम सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS