IME Life New

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवामा विशेषज्ञ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा विशेषज्ञ नियुक्ति गर्ने भएको छ । बैंकले शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकलाई यहि भदौ २८ गतेदेखि दरखास्त दिन आह्वान गरेको छ ।

बैंकले करार सेवामा ११ जना विशेषज्ञको माग गरेको छ भने सेवा अवधि भने १ वर्ष रहनेछ । आवेदकको योग्यता भने मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै काम गरेका र अनुभव भएकालाई विशेष प्राथमिकतामा दिइने बैंकले जनाएको छ । विज्ञापन मार्फत नियुक्त हुने करार विशेषज्ञहरुले बैंकको विभिन्न विभाग तथा कार्यालयमा रहि काम गर्नुपर्नेछ ।

Esewa
Crest

तर, कुनै वात कसुर नलागेका, नेपाल सरकार वा कुनै वित्तिय सस्था संस्था, संघ संगठनबाट अयोग्य ठहर गरि जागिरबाट बरखास्त भएका, नैतिक पतन भई फैजदारी मुद्धामा अदालतले दोषी ठहर गरेका लगाएतका व्यक्तिले भने आवेदन दिन पाउने छैन ।

इच्छुक आवेदकले आवेदन खुल्ला भएको मिति भदौ २८ गतेले ७ दिनसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS