IME Life New

राष्ट्रिय वाणिज्य बैंकका १४ शाखा रिमोट थिचेर उद्धघाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले बुधबार एकैपटक विभिन्न प्रदेशमा १४ वटा शाखाको काठमाण्डौबाट डिजिटल उद्घाटन गरेको छ । वुधवार अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एन्ड यतीमा आयोजित एक कार्यक्रमका बीच बैंकका सबै शाखाको एक साथ उद्घाटन गरेका हुन् ।

Esewa
Crest

नयाँ शाखा विस्तार पश्चात् बैंकको कुल शाखा संख्या २३७ पुगेको छ ।देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकले मोरंगको कर्सिया बजार, झापाको चकचकी, रौतहटको चन्द्रपुर, मकवानपुरको भीमफेदी, महोत्तरीको बलवा बजार र पिपरा, पर्साको पोखरिया, काठमाण्डौको टोखा र कोटेश्वर, नवलपुरको टाँगीकोट, तनहुँको खैरेनीटार, गुल्मीको पूर्तिघाट, कपिलवस्तुको चन्द्रौटा र दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS