IME Life New

नेपाल वित्तीय कर्मचारी संघ,राष्ट्रिय बीमा कम्पनीको प्रथम केन्द्रीय अधिवेशन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनीले आफ्नो प्रथम केन्द्रीय अधिवेशन सम्पन्न गरेको छ । नेपाल वित्तीय कर्मचारी संस्था कर्मचारी संघका वरिष्ठ उपाअध्यक्ष धर्म प्रसाद खनालको प्रमुख अतिथ्यमा मंसिर १७ र १८ गते ऐतिहासिक नगरी गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरेको हो ।

उक्त अधिवेशनले दिपक राज पाण्डेको अध्यक्ष रहने गरी सर्वसम्मत रहनेगरी १५ जना सदस्यीय केन्द्रीय कार्यसमिति समेत गठन गरेको छ । उक्त कार्यसमितिमा दिपक राज पाण्डे अध्यक्ष, उपाध्यक्षमा सविन पौडेल, महिला उपाध्यक्षमा उतरा रेग्मी, महासचिवमा अभिमन्यु खनाल,उप महासचिवमा श्रुति तिम्सिना, कोषाध्यक्ष राम कुमार पण्डित,सहकोषध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी र सचिवमा निर्मल पाठक गठित भएका छन् ।

Esewa
Crest

त्यस्तै, केन्द्रीय सदस्यमा रमेश ओझा, कृष्ण पराजुली, अब्दुस समद अन्सारी, रंजना थकुलाय, केशव पनेरु, तोर्ण प्रसाद सुवेदी नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्तका रुपमा रहेका नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिका उपाध्यक्ष पर्शुराम खनालले सपथ ग्रहण गराएका थिए भने कार्यक्रमका प्रमुख अतिथि धर्म प्रसाद खनालले प्रमाणपत्र वितरण तथा खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी खनालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल वित्तयि संस्था कर्मचारी संघ वि.स २०४७ सालमा स्थापना भई हाल देशभरका ४८ वटा बैंक तथा वित्तीय संस्था र बीमा तथा लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीको संगठित संस्था रहेको र कर्मचारीहरुको हरेक समस्यामा साथ र सहयोग गर्दै आगामी दिनमा पनि कर्मचारीको साथमा नै रहने कुरामा विश्वस्त रहेको बताए। साथै उनले ट्रेड यूनियनको ऐन भित्र रहेर कार्य गर्न तथा निर्धक्क भएर अगाडी बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS