IME Life New

राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीको आन्दोलन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको आन्दोलन रोकिएको छ । कर्मचारी र व्यवस्थापकबीच माग सम्बोधन गर्ने सहमति भएसँगै राष्ट्रिय कर्मचारीको आन्दोलन रोकिएको हो ।

गत शुक्रबारदेखि आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्न प्रशासनले समय माग गरेको राष्ट्रिय बीमा कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्याले बताए । उनका अनुसार कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्नका लागि व्यवस्थापकले भदौँ मसान्तसम्म समय माग गरेको छ ।

Esewa
Crest

राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको नेतृत्वमा आन्दोलन भएको थियो । कर्मचरीहरुले आफ्ना विभिन्न खालका माग राख्दै आन्दोलनमा उत्रिएका थिए । यद्यपि कर्मचारीहरुले भने माग पूरा नभई आन्दोलिन फिर्ता लिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS