काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ ।
२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अब ३० करोड ४२ लाख थियो भने अन्य इक्विटीमा ९ अर्ब ९९ करोड ७ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ४१ लाख रुपैयाँ रहेको छ। स्पेसल रिर्जभमा ३ अर्ब ११ करोड रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ९७ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४२.७२ प्रतिशले बढेको हो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८१ करोड २२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ५४ करोड ७५ लाख खर्चिएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १३ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको हो ।
वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ३४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४२ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य घटेको हो ।

















