IME Life New

राष्ट्रिय ध्वजावहाक नेपाल रिको अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति बनाउँछौँ: अध्यक्ष ढुंगाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का अध्यक्ष देवराज ढुंगानाले राष्ट्रिय ध्वजावहाक आफ्नो कम्पनीको अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति बनाउने अभियानमा आफूहरु रहेको बताएका छन्।

कम्पनीको ११ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा अध्यक्ष ढुंगानाले यस्तो धारणा राखेका हुन्। ‘अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी कम्पनीको उपस्थिति दरिलो बनाउनेछौँ’, उनले भने।

Esewa
Crest

कम्पनीको रेटिङ अन्तिम चरणमा रहेको पनि अध्यक्ष ढुंगानाले जानकारी दिए। ‘एमबेस्ट सिंगापुरबाट ३ महिनाभित्र रेटिङ लिएर विश्व बजारमा छिर्नेछौँ’, उनले भने, ‘त्यसका लागि जनशक्ति व्यवस्थापन, प्रणाली विकास, बजार व्यवस्थापनलगायतका काम अगाडि बढाएका छौँ।’

नेपाल पुनर्बीमा कम्पनी अन्य अन्तर्राष्ट्रिय पुनर्बीमाजस्तै उच्च गुणस्तरका काम गर्न प्रतिबद्ध रहेको पनि अध्यक्ष ढुंगानाले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS