IME Life New

रामेछापको विमानस्थलमा यात्रुको झोला एक्सरे गर्ने मेशिन जडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।रामेछापको मन्थली विमानस्थलमा पहिलो पटक यात्रु झोला तथा मालसामान जाँचका लागि एक्स रे मेशिन जडान गरिएको छ। विमानस्थलमा हवाई सुरक्षा उपकरणको प्रयोग बढाउने योजना अन्तर्गत नागरिक उड्ययन प्राधिकरणले एक्सरे स्क्रिनिङ मेशिन जडान गरेको हो ।

यो विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि हवाई यात्रा गर्ने पर्यटकको चाप बढ्दै गएको छ। यसअघि यात्रुहरुको मालसामान तथा झोलाहरु सुरक्षाकर्मीले नै जाँच गर्दै आएका थिए । मान्छेले नै प्रत्येक झोला जाँच गर्दा सेवामा ढिलासुस्ती हुँदै आएको थियो। प्राधिकरणले लुक्ला विमानस्थलमा पनि झोला एक्सरे मेशिन जडान गर्दैछ।

Esewa
Crest

हिमाल आरोहणका लागि गन्तव्यतर्फको उडान गर्नका लागि यो विमानस्थल प्रयोग गर्ने विदेशि पर्यटकको संख्या बढ्दै जाँदा मन्थली विमानस्थल व्यस्त रहन थालेको छ । मौसम अनुकुल रहँदा दैनिक २४ वटासम्म उडान यो विमानस्थलबाट हुन थालेको प्राधिकरणले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS