IME Life New

राधी विद्युत कम्पनीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ७ गते (शनिबार) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश स्वीकृतिसँगै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS