IME Life New

रवि लामिछाने मुद्दामा हेटौडा इजलासको अर्को आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नै पूर्व सहकर्मीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा १० दिनसम्म हिराशतमा बसेर रिहा भएका न्यूज २४ टिभीका सिधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेले हिजो पाटन उच्च अदालत अन्तर्गतको हेटौडा इजलासमा दायर गरेको रिटमाथि आज सुनुवाई जिल्ला अदालत चितवनले गरेको आदेशको कैफियत फाईल मगाउने आदेश दिएको छ ।

सो मुद्दामा जिल्ला अदालत चितवनले पाँच लाख धरौटीसहित मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । लामिछाने र युवराज कँडेलले उच्च अदालत पाटन अन्तर्गतकै हेटौडा इजलासमा मंगलबार मुद्दा दायर गरेका थिए । लामिछानेको मुद्दामाथि बुधबार न्यायाधीश टेकराज नेपालको इजलाशमा बहस भएको थियो । निवेदनमाथि पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश दिएको हो ।

Esewa
Crest

निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको छ । लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गर्दै मुद्दा दायर गरेका थिए ।

लामिछानेका पूर्व सहकर्मी शालिकराम पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट आत्महत्याअघि खिचिएको भिडिओ प्राप्त भएको थियो । सोही भिडियोको आधारमा अदालतले लामिछाने र कँडेलमाथि आत्महत्या दुरुत्साहन मुद्दा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS