IME Life New

यो साता शेयर बजार बढ्दा कुन समूहको कस्तो प्रदर्शन ? कति कमाए लगानीकर्ताले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारका लगानीकर्ताका लागि यो साताको कारोबार सुखद् रहेको छ। यो साता बजार ३.१९ प्रतिशत अर्थात ६६.८३ अंकले छ। गत साता बिहीबार २०८८.९९ मा बन्द भएको बजार यो साता २१५५.८२ को विन्दुमा बन्द भएको छ।

शेयर बजार बढ्दा यो साता १३ वटा उपसमूहमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन्। यो साता जीवन बीमा, निर्जीवन बीमा, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूह बढेका छन्। होटल तथा पर्यटन र व्यापार समूह भने घटेका छन्।

Esewa
Crest

यो साता अन्य समूहका लगानीकर्ताहरु मालामाल भएका छन्। यो समूह सर्वाधिक ८.९७ प्रतिशतले बढेको छ।

यसैगरी जलविद्युत समूहका कम्पनीहरुका लगानीकर्ताहरुले धेरै कमाउन सफल भए। जलविद्युत समूह यो साता ६.०८ प्रतिशतले बढेको छ। लघुवित्त समूह पनि यो साता ४.२६ प्रतिशतले बढेको छ।

जीवन बीमा समूह ०.४६ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह ०.४९ प्रतिशत, बैंकिङ समूह २.२७ प्रतिशत, विकास बैंक समूह ३.४३ प्रतिशत, वित्त समूह २.८६ प्रतिशत, लगानी समूह २.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२४ प्रतिशत र म्युचुअल फन्ड समूह ०.५९ प्रतिशतले बढेका छन्।

यो साता होटेल तथा पर्यटन समूह १.८३ प्रतिशत र व्यापार समूह १.३४ प्रतिशतले घटेको छ।

यस्तै यो साता लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब ५ अर्ब रुपैयाँले बढेको छ। गत साता बिहीबार बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा यो साता बढेर ३३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS