IME Life New

यो साता पनि घट्यो नेप्से, लगानीकर्ताको साढे २० अर्ब स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजार सामान्य अंकले ओरालो लागेको छ। यो साता ४ दिन शेयर बजार खुलेको थियो। जसमा दुई दिन बजार बढ्यो भने दुई दिन घटेको छ।

यो साता नेप्से परिसूचक १२.९३ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २०३५.६४ को विन्दुमा झरेको छ। अघिल्लो साता बिहीबार नेप्से परिसूचक २०४८.५७ को विन्दुमा बन्द भएको थियो।

Esewa
Crest

नेप्सेमा १३ उपसमूहमध्ये यो साता ५ वटा समूहमा मात्रै बढेका छन् ८ वटा घटेका छन्। यो साता जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूह बढेका छन्। बैंकिङ, होटेल, अन्य, विकास बैंक, वित्त व्यापार, लघुवित्त र जीवन बीमा समूह घटेका छन्।

बजार घट्दा यो साता लगानीकर्ताहरुको सम्पत्ति पनि करिब साढे २० अर्ब रुपैयाँले घटेको छ। गत साता नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँ थियो। यो साता कुल बजार पुँजीकरण ३२ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। यो हिसाबले लगानीकर्ताले यो साता २० अर्ब ४९ करोड रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS