IME Life New

यो साता करिव ५ अंकले बढ्यो नेप्से, अरु के भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


अघिल्लो साता नेप्से परिसूचक १३१४ दशमलव ५५ मा बजार बन्द भएकोमा यो साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक १३१९ दशमलव ४७ को विन्दुमा बन्द भएको छ । यो साता नेप्से परिसुचकमा ४ दशमलव ९२विन्दुले वृद्धि देखिएको छ ।

यो साता बजेट भाषणले शेयर बजार तताएको थियो । जेठ १५ गते बजेट भाषण सार्वजनिक भएको भोलिपल्ट जेठ १६ गते पहिलो १५ मिनेटमै बजार १३४९ दशमलव ३८ को उच्च विन्दु सम्म पुगे पनि त्यस्पछि भने बजार मा बिक्री कर्तानै हावी भएका थिए ।

Esewa
Crest

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट प्रति लगानीकर्ताहरु धेरै नै खुशी भएको पाईन्छ । व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकरलाई ५ प्रतिशतमा झारिएको छ । यस अघि यो सीमा ७ दशमलव ५ प्रतिशत थियो ।
बजेट भाषण पछि अब लगानीकर्ताको मुख्य चासो मौद्रिक नीतिमा रहने छ । अहिलेको मुख्य समस्या तरलता र व्याजदर रहेकोमा त्यसलाई मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ भन्ने कुरो महत्वपुर्ण हुने जानकारहरु बताउँछन् । मौद्रिक नीति पश्चात बजारको बाटो तय हुने देखिन्छ ।

यो साता इण्ट्राडेमा १३४९ दशमलव ३८ को उच्च विन्दु सम्म बजार पुगेको थियो भने १२९८ दशमलव ३६ सम्म बजार पुगेको थियो ।

यो साता शिवम् सिमेन्टसको शेयर सर्बाधिक किनबेच भएको छ । यो साता शिवम् सिमेन्टसको ६६ करोड ११ लाखको शेयर किनबेच भएको छ भने दोश्रोमा प्रभु बैंकको ४३ करोड ९५ लाख बराबरको शेयर किनबेच भएको छ ।
यो साता गुराँस लघुवित्तको आईपीओ शेयर सुचिकृत भएको छ भने विजय लघुवित्तको बोनस र रिलायन्स फाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।

कारोवार रकम भने गत साता भन्दा घटेको छ । गत साता ५ अर्ब २ करोड बराबरको शेयर किनबेच भएको थियो भने यो सात ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

यो सात स्पर्श लघुवित्तको शेयर मूल्य सर्बाधिक ३७ दशमलव ८९ प्रतिशतले वृद्धि भयो भने जोशी हाईड्रोपावरको शेयर मूल्य २३ दशमलव ५८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS