IME Life New

युनाइटेड इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन ५७ करोड ६८ लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको अवधिमा खुद बीमा शुल्क आर्जन ६१.६६ प्रतिशतले सुधार गर्न सफल भएको छ। कम्पनीले पुस मसान्तसम्ममा ५७ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो। गत वर्षको यहि अवधिमा कम्पनीले ३५ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

बीमा शुल्क आर्जन सँगै नाफा पनि ३५ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीले यसै अवधिमा २ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले दुई करोड २ लाख रुपैयाँ आर्जन गरेको थियो।

Esewa
Crest

पोलिसी संख्या गत वर्षको भन्दा २१ हजाले बढाउन सफल भएको हो। यस वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले ७१ हजार ८९१ वटा पोलिसी बिक्री गरेको हो। अभिकर्ताले एक करोड ३९ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्।

कम्पनीको बीमा कोष ३.५१ प्रतिशतले घटेर ३२ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ। चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी ५ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS