IME Life New

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (माघ २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.७८९ लाभांश प्रस्ताव गरेको हो। जसमा ५.५० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशतले हुन आउने १२ लाख १५ हजार ७९० रुपैयाँबराबर नगद लाभांश छन्।

Esewa
Crest

यसैबीच सञ्चालक समितिको बैठक लाभांश पारित गर्न १४ औँ वार्षिक साधारणसभा पनि डाकेको छ। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले आउँदो फागुन ४ गते बुक क्लोज गर्नेछ। यसको अर्थ फागुन ३ गतेसम्म कायम शेयरधनी यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS