IME Life New

यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति उठाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता ओरालो लागेको छ। गत साता बिहीबार १९९८.९६ को विन्दुमा बन्द भएको बजार यो साता बिहीबार १९६६.२३ को विन्दुमा बन्द भएको छ। यो हिसाबले शेयर बजारले यो साता ३२.७३ अंक गुमाएको छ।

शेयर बजार घट्दा यो साता लगानीकर्ताको सम्पत्ति ५१ अर्ब ९० लाख रुपैयाँले घटेको छ। यो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड रुपैयाँ थियो।

Esewa
Crest

यो साता नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा उकालो लागेको छ भने बाँकी ११ वटा ओरालो लागेको छ। यो साता होटेल तथा पर्यटन समूह र लघुवित्त समूह उकालो लागेका हुन्।

बजार घटे पनि केही कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन्। यो साता लगानीकर्ताले पोखरा फाइनान्सको शेयर सर्वाधिक उठाएका छन्। यो कम्पनीको २ लाख ७६ हजार ४२० कित्ता शेयर लगानीकर्ताले १८ करोड ३६ लाख ३५ हजार २२३ रुपैयाँमा उठाएका छन्।

यसैगरी यो साता नेपाल फाइनान्सको शेयरको सर्वाधिक खरिद भएको छ। लगानीकर्ताले यो कम्पनीको ३ लाख २६ हजार २२५ कित्ता शेयर १७ करोड ७२ लाख ७० हजार ८६५ रुपैयाँमा खरिद गरेका छन्।

सर्वाधिक उठाइएको शेयरमा सिटिजन लाइफ इन्स्योरेन्सको रहेको छ। यो कम्पनीको ३ लाख ८ हजार १९४ कित्ता शेयर १४ करोड ७३ लाख ५० हजार १९५ रुपैयाँमा खरिद भएको छ।

यस्ता छन् अन्य ७ सर्वाधिक खरिद भएका कम्पनीका शेयर

  • आरएसडीसी लघुवित्तः १३ करोड ५३ लाख ८ हजार ५ रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १२ करोड ६२ लाख ७२ हजार ४५१ रुपैयाँ
  • गोर्खाज फाइनान्सः १२ करोड ३० लाख ४५ हजार ५३९ रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ११ करोड ९४ लाख ५२ हजार ४२५ रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ९ करोड ३३ लाख १७ हजार ९६९ रुपैयाँ
  • हिमालयन लघुवित्तः ७ करोड २८ लाख १ हजार २४४ रुपैयाँ
  • आइएमई लाइफ इन्स्योरेन्सः ६ करोड ८१ लाख ७८ हजार ९४६ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS