IME Life New

यी हुन् शेयर मार्केटका १५ ठूला कम्पनी, बजार पुँजीकरणमा कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि नेपालको शेयर बजार सुस्ताएको छ। बजारमा साइडवेजमा चलिरहेको छ। बजारलाई प्रभावित पार्ने सबै कुरा पचिसकेको अवस्थामा पनि लगानीकर्ताको मनोबल अझै बढ्न नसकेको देखिन्छ।

ठूला र संस्थागत लगानीकर्ता अझै बजारमा प्रवेश गरिसकेको अवस्था छैन। उनीहरुले सरकार र नियामकबाट पछिल्लो समय चालिएका कदमबाट विश्वस्त हुन नसकेको देखिन्छ। अहिले बजार स्वपुँजी भएका लगानीकर्ताहरुबाट पनि चलिरहेको देखिन्छ।

Esewa
Crest

त्यसो त बजार ठूला कम्पनीको कारोबारबाट पनि प्रभावित हुने गर्छ। ठूला कम्पनीको शेयरभाउमा आउने उतारचढावले समग्र सूचकहरु प्रभावित हुने गरेका छन्।

हाल शेयर बजार कुल बजार पुँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ माथि रहेको छ। बजार पुँजीकरणका हिसाबले भने नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ५२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.८२ प्रतिशत रहेको छ।

यसैगरी दोस्रो ठूलो बजार पुँजीकरण कम्पनीमा नबिल बैंक रहेको छ। नबिल बजार पुँजीकरण १ खर्ब २० अर्ब ४० लाख रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नबिल बैंकको हिस्सा ३.८१ प्रतिशत रहेको छ।

शेयर बजारमा नागरिक लगानी कोष (सीआईटी) तेस्रो ठूलो बजार पुँजीकरण भएको कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा ३.४६ प्रतिशत रहेको छ।

यी हुन् शेयर बजार हिस्सा धेरै रहेका अन्य १२ कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ९६ अर्ब ४९ करोड रुपैयाँ (३.०४ प्रतिशत)
  • ग्लोबल आइएमई बैंकः ६७ अर्ब ३८ करोड रुपैयाँ (२.१२ प्रतिशत)
  • हिमालयन रिइन्स्योरेन्सः ६४ अर्ब ८९ करोड रुपैयाँ (२.०३ प्रतिशत)
  • एनआईसी एसिया बैंकः ६३ अर्ब ६९ करोड रुपैयाँ (२ प्रतिशत)
  • एभरेष्ट बैंकः ६० अर्ब २८ करोड रुपैयाँ (१.९० प्रतिशत)
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ५६ अर्ब ६५ करोड रुपैयाँ (१.७८ प्रतिशत)
  • नेपाल लाइफ इन्स्योरेन्सः ४९ अर्ब ६५ करोड रुपैयाँ (१.५५ प्रतिशत)
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः ४८ अर्ब ३८ करोड रुपैयाँ (१.५३ प्रतिशत)
  • निफ्राः ४५ अर्ब १४ करोड रुपैयाँ (१.४३ प्रतिशत)
  • सोल्टी होटेलः ४० अर्ब ८७ करोड रुपैयाँ (१.३० प्रतिशत)
  • हिमालयन बैंकः ४० अर्ब ७१ करोड रुपैयाँ (१.२९ प्रतिशत)
  • एचआईडीसीएलपीः ३९ अर्ब ७६ करोड रुपैयाँ (१.२६ प्रतिशत)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS