IME Life New

याक एण्ड यती होटेलले बैशाख १३ गते बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । याक एण्ड यती होटेल लिमिटेडले आफ्नो ४७औं वार्षिक साधारण सभा बैशाख १३ गते गर्ने भएको छ । कम्पनीको साधारणसभामा संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९/२०८० (२०२२/०२३) को संचालक समितिको ४७ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७९/२०८० (२०२२/०२३) को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ ।

Esewa
Crest

कम्पनीको आर्थिक वर्ष २०८०/०८१ (सन् २०२३/०२४) को लागि लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ । कम्पनीको तर्फबाट संचालकले बैंकमा व्यक्तिगत जमानत दिने सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS