IME Life New

यस्ता छन् सेबोनबाट धितोपत्र बजारको विकास र सुधारका लागि भएका मुख्य कार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा सुधारका लागि भएका मुख्य कार्यहरुका विषयमा जानकारी गराएको छ।

सेबोनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास र सुधारका लागि २०७८ फागुनदेखि २०८० पुस २० गतेसम्म सेबोनबाट सम्पादन गरिएका मुख्य कार्यहरुका विषयमा जानकारी गराएको हो। विश्वव्यापी रुपमा बैंक बेस्ड फाइनान्सिङभन्दा क्यापिटल मार्केटमार्फत देशमा आवश्यक हुने पुँजी परिचालन गरिने सन्र्दभमा पुँजीबजारलाई फियर, ट्रान्सप्यारेन्ट र इफिसियन्ट बनाउनका लागि सरकारी निकायमा नीति बनाउने तथा कार्य गर्ने सोच तथा शैलीमा परिर्वतन गर्दै प्रणालीगत विकासमा विशेष जोड दिई बोर्डबाट विकास तथा सुधार कार्यहरु सम्पादन गरिने परिपाटीको सुरुआत गरिएको विज्ञप्तिमा उल्लेख छ।

Esewa
Crest

उक्त लक्ष्य प्राप्ति गर्न हालैका दिनहरुमा सेबोनबाट बजारमा प्रतिस्पर्धा एवं सुशासनमार्फत लगानीकर्ताहरुलाई धितोपत्र बजारसम्बन्धी गुणस्तरीय सेवा सहज र सुलभरुपमा उपलब्ध हुने वातावरण बनाउने, समयसीमा तोकी मिरिटोक्रेसीका आधारमा कार्य गर्ने, लगानीकर्ताका सुझाव एवं आईपरेका समस्या समाधान गर्ने, बजार नियमन र सुपरिवेक्षणलाई सुदृढ गराउने गरी सुधार कार्य गरिँदै आएको सेबोनले जनाएको छ।

यस्ता छन् आ.व. २०८०/९/२० सम्म सेबोनबाट सम्पादन गरिएका मुख्य कार्यहरु

Market-Reform-2080-Poush-20-Final_240105_144219 (2)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS