IME Life New

यस्ता छन् राजस्वको आधार र मूल शीर्षक/उपशीर्षकका संकेत नम्बर (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विभिन्न शीर्षकमा व्यक्तिगत, संस्थागत र व्यावसायिक राजस्व उठाउँदै आएको छ। राजस्व संकलनमा सहजता ल्याउन आन्तरिक राजस्व विभागले राजस्व शीर्षकलाई विभिन्न संकेत नम्बर प्रदान गरेको हुन्छ।

विभागले सोमबार केही राजस्व आधार र मूल शीर्षक तथा उपशीर्षकमा फेरबदल गरेको छ। यसअघि आकस्मिक लाभकरलाई विभागले व्यक्तिगत र संस्थागत निकायका लागि ११११५ राजस्व संकेत प्रदान गरेको थियो। अहिले त्यसलाई परिमार्जन गरी दुवै आकस्मिक लाभकरको एउटै राजस्व संकेत १११३५ बनाइएको छ। यो राजस्व शीर्षकअन्तर्गत कुनै व्यक्ति वा निकायले जुवा, चिट्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कारलगायतका आकस्मिक लाभबाट प्राप्त भएको आयमा लाग्ने कर पर्दछन्।

Esewa
Crest

यसैगरी विभागले एकलौटी व्यवसायको आयमा लाग्ने करलाई ११११९, निकायको आयमा लाग्ने अन्य करलाई १११२९, पारिश्रमिक तथा ज्यालामा आधारित सामाजिक सुरक्षा करलाई ११२१० र ११२११, विलासिता शुल्कलाई ११४१२, विद्युतीय सेवा करलाई ११४४५, वैदेशिक पर्यटन शुल्कलाई १४१९३ र वैदेशिक रोजगार सेवाशुल्कलाई १४१९४ राजस्व संकेत तोकेको छ। अन्य उल्लेखित शीर्षकमा नपरेका यसअन्तर्गत पर्ने अन्य करहरुका यसमा पर्दछन्।

यस्ता छन् राजस्व आधार र मूल शीर्षक/उपशीर्षक

rid tax numbers

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS