काठमाडौं । आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘ट’को अर्धवार्षिक ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली सुचारु शनिबार पनि सुचारु रहने केन्द्रीय बैंकले जनाएको छ।
आरटीजीएस प्रणाली भोलि बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

















